माछा चोर्न जाँदा करेन्ट लागेर २ जनाको मृत्यु

चितवन । चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित चुडामणी पौडेलको माछा पोखरीको वरीपरी लगाइएको जे आई तारमा सप्लाई गरिएको करेन्ट लागि दुई जनाको मृत्यु भएको हो ।

माछा पोखरीमा जाल बोकी माछा मार्न गएका दुईजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनका अनुसार मृतक स्थानीय नवराज दराई र विरबहादुर रानामगर हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *