चितवनमा ७८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु
२०७७ भदौ १५ गते

सांकेतिक तस्वीर। मकालु खबर।
चितवन । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुरका ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । योसँगै चितवनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
२०७७ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित









