चितवनमा एकै दिन ६१ जनामा कोरोना संक्रमण

चितवन। चितवनमा आइतबार आज एकै दिन ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन र काठमाडौमा गरिएको छुट्टाछुट्टै परिक्षणमा सो संख्यामा संक्रमण देखिएको हो ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका १८ सहित २१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा भरतपुरका ६ जना पुरुष ,६ जना महिला ,राप्तिका २ जना पुरुष र ४ जना महिला छन ।

त्यस्तै गोर्खा,रुपन्देही र नवलपुरका एक एक जनामा पनि संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन । आइतबार बिहान ११ जना र दिउँसो ३५ जनामा पनि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *