धरान कोरोना अपडेटः थप दुईको मृत्यु भएपछि वडा १७ शिल

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट एउटै वडाका थप दुई जनाकाे मृत्यु भएपछि धरान-१७ शिल गरिएकाे छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा १७ नम्बर वडाका एक ६० वर्षीय पुरूष र एक ७४ वर्षीय महिलाकाे मृत्यु भएपछि उक्त वडा एक साताका लागि शिल गरिएकाे हाे । मृतकहरू आमा-छोरा रहेकाे वडा १७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।

एक सातासम्म सरसफाईको गाडी, दमकल, औषधी पसल र एम्बुलेन्स सेवा बाहेक सबै सेवा पुर्णरुपमा बन्द गरिएको छ ।
वडावासीलाई घरबाहिर ननिस्कन भनेर माइकिङ गरेर अहिले जनपद प्रहरी, सशस्त्र प्रहरी र वडाका स्वयम सेवक समेत परिचालन गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।

१७ नम्बर वडामा कोरोना संक्रमित संख्या १४ छ भने मृतक संख्या ५ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *