कांग्रेसलाई डोर्याउन रामचन्द्र पौडेलका दश एजेण्डा

काठमाडौं । नेपाली कांग्रेस भित्र देखिएको गुटवन्दी अन्त्य गर्दै पार्टीलाई मुलुककै पहिलो पार्टी बनाउन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १० वटा एजेण्डा अगाडी सारेका छन् । नेता पौडेलले १४ औं महाधिवशेन नजिकिएसँगै पार्टी सुधारका लागि ती एजेण्डाहरु अगाडी सारेका हुन् ।

पौडेलले देश र पार्टी सुधारका लागि आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन् । प्रतिबद्धतामा संविधान कार्यान्वयन, सुशासन, देशभक्ति र अन्तराष्ट्रिय सम्बन्धका कुरा उल्लेख गरेका छन् ।

‘मैले नारा मात्र नलगाएको हो, भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु ।’ नेपाल पौडेलले भनेका छन् । कांग्रेसको १४ औं महाधिवशेनमा बरिष्ठ नेता पौडेल सभापतिका आकांक्षी हुन् ।

यस्तो छ, रामचन्द्र पौडेलका १० एजेण्डा
१) नेपालको बर्तमान संविधान लागू गर्ने ।
२) नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने ।
३) नेपालको उन्नतिको बाटो देखाउने ।
४) नेपालमा सुशासन लागू गराउने ।
५) नेपालको असंलग्नता र तटस्थतालाई बचाउने ।
६) नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने ।
७) कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने ।
८) नेपाली जनतामा देशभक्तिको भावना जगाउने ।
९) नेपाली संस्कृति परम्परा र नेपाली विशेषता पहिचान गराउने ।
१०) नेपाली कांग्रेस विचार शुन्य र दिशा बिहिन छैन भन्ने सावित गराउने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *