कोरोना संक्रमणबाट वीपी प्रतिष्ठानमा धरानका थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सुनसरीका दुई जनाको मृत्यु भएको वीपीका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकाेटाका अनुसार धरान–१७ कि ७४ वर्षीय एक महिलाको आज (आइतबार) बिहान ८ः३० बजे मृत्यु भएको हो ।अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र उच्च ज्वरो आएपछि उनलाई १३ गते साँझ वीपीमा भर्ना गरिएको थियो । उनीमा १४ गते कोरोना पोजेटिभ भएको पाइएको हो । उनी मधुमेह र उच्च रक्तचापकाे राेगी थिइन् ।

त्यस्तै धरान– १७ कै ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए । उनीमा पनि अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको थियो । मधुमेह र २ महिनादेखि कलेजोमा समस्या देखिएको उनीमा आजै संक्रमण पुष्टि भएको हो । १३ गते साँझ वीपीमा भर्ना भएका उनको आज बिहान ७ः४५ बजे मृत्यु भएको हो ।

मृतक दुवैको शव व्यवस्थापनको तयारी गरिएको प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *