पाटन अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यले उपचाररत तीन जनाको मृत्यु भएको पुष्टि गरे ।

निर्देशक डा. शाक्यका अनुसार मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला छन् । भैरहवाका पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको हो भने जलेश्वरकी महिलाको दिउँसो २ बजे मृत्यु भएको थियो ।

भैरहवाका पुरुष र जलेश्ववरकी महिलाको शव व्यवस्थापन गरिसकिएको छ भने ललितपुरका युवकको शव व्यवस्थापन गर्न नेपाली सेनालाई खबर गरिएको निर्देशक डा. शाक्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *