चितवनमा बढे संक्रमित, थप २९ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार एकैदिन ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा गएराती १२ बजेसम्म गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण देखिएको हो ।

थप पुष्टि भएकामध्ये २९ जना चितवनकै र अन्य १४ विभिन्न जिल्लाका रहेका छन् । चितवनको भरतपुर महानगरपालिकाको विभिन्न वडाका १७ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै खैरहनी नगरपालिका वडा नम्बर एकका दुई जना पुरुषमा कोभिड १९ पोजिटिभ देखिएको छ । तनहुँ र झापा २–२ जना महिला, नवलपुरको एकजना महिलामा समेत कोरोना संक्रमण देखिएको हो । त्यस्तै सर्लाही , दाङ, धनुषा ,पाचथर , सप्तरी , कास्की, सुर्खेत, बाग्लुङ र बाराका एक–एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *