चितवनमा थप ६१ जनामा कोरोना संक्रमण
२०७७ भदौ १३ गते

चितवन । चितवनमा एकैदिन ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा रत्ननगरका ३८ जना सहित चितवनका ६१ जनामा कोरोना पुष्टि भएको हो ।
रत्ननगरको वडा ४ मा मात्रै ३५ पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै वडा नम्बर १० मा १ जना पुरुषमासमेत कोरोना संक्रमण देखिएको छ । राप्ती नगरपालिका वडा नम्बर ८ की एक महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै भरतपुर महानगरपालिकाका विभिन्न वडाका २२ जनामा कोरोना संक्रमण भएको छ ।
जसमध्य १९ पुरुष ३ जना महिला रहेका छन् । नवलपुर, तनहुँ, लुम्बिनी र पाल्पाका एक एकजना पुरुषमा कोभिड १९ पोजिटिभ देखिएको छ ।
२०७७ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








