महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको र उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशील कुमार यादवले मकालु खबरलाई जानकारी गराए ।

यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *