भारतीय लरीले टेम्पाेलाई ठक्कर दिँदा चालककाे मृत्यु

महाेत्तरी । पूर्व­पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने बर्दिवास नगरपालिका–१ मा भारतीय लरी (ट्रकजस्तै लामो गाडी) ले  टेम्पोलाई  ठक्कर दिँदा चालककाे मृत्यु भएकाे छ ।

बर्दिवासचोकमै रोकिराखेको ना३स २३६१ नंको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय नं.को लरीले ठक्कर दिँदा बर्दिवास–१ कै बासिन्दा ४० वर्षीय टेम्पाे चालक टेकनारायण श्रेष्ठको आज मृत्यु भएको हाे ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार बिग्रेर रोकिएको लरीलाई चलाउन पछाडिबाट ठेल्ने क्रममा ओरालोतिर हुइँकिएर सडक छेउमा रोकिराखेको टेम्पोलाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते भएका श्रेष्ठलाई तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा पुर्याइएकाे र उपचारकै क्रममा मृत्यु भएको हाे ।

लरी र त्यसका चालक भारतीय अरबिनकुमार बलायतलाई नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक साहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *