तपाईँमा खैनी, चुराेटकाे लत छ ? लत हटाउन याे छ सजिलाे उपाय !

एजेन्सी । पछिल्लो समय युवाहरू कुलतमा रमाउने गरेका छन् । युवा मात्रै हाेइन वृद्धवृद्धा, वयस्कमा पनि जाँड, रक्सी, चुराेट  मध्ये कुनै न कुनै लत लागेकाे पाइन्छ । धेरैले नशाको लतबाट छुटकारा पाउने उपाय खोजिरहेका हुन्छन् तर चाहेर पनि कुलत छुटाउन सकिरहेका हुँदैनन् ।

एउटा यस्तो उपाय छ जसले कुनै पनि नशाको लत छुटाउन मद्दत गर्न सक्छ । त्यसमा दाख प्रमुख मानिन्छ । यसलाई आयुर्वेदिक औषधिको रुपमा लिइन्छ । जो मानिसमा धुमपान, मध्यपान, खैनी, गुट्खा, पान, तम्बाकु जस्ता पदार्थको लत लागेको छ ती व्यक्तिहरुका लागि दाख निकै उपयोगी साबित हुनसक्छ ।

यसको लागि दाखमा मरिच, सुकमेल र दालचीनी मिसाएर मसिनो धुलो बनाउने र त्यसलाई स–सानो चक्की बनाएर राख्ने । र त्यसलाई बारम्बार मुखमा हालेर चुस्ने गर्नुपर्छ । उक्त चक्कीले नशाका कारण शरीर कमजोर हुने समस्याको पनि समाधान गर्छ । साथै, यसले पाचन प्रक्रिया समेत सक्रिय गराउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *