‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यानको निधन

एजेन्सी । ‘ब्ल्याक प्यान्थर’ का अभिनेता चाडविक बोसम्यानको ४३ वर्षकाे उमेरमा निधन भएकाे छ । उनकाे शुक्रबार लस एन्जल्सस्थित आफ्नै निवासमा निधन भएको हाे ।

साउथ क्यारोलिनामा जन्मिएका बोसम्यानमा सन् २०१६ मा कोलन क्यान्सर देखिएको थियो । त्यसयता उनी आफ्नो उपचार गराउँदै आएका थिए ।

बोसम्यानले हावर्ड विश्वविद्यालयबाट स्नातक गरेपछि अभिनययात्रा सुरू गरेका बोसम्यानले सन् २००८ मा ‘द एक्सप्रेसः द अर्नी डेभिस स्टोरी’ बाट डेब्यू गरेका थिए । गेट अन अप, फोर्टी टु लगायतका चलचलित्रमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *