डिसेम्बरसम्म ४९ हजार बढि नेपालीकाे मृत्यु हुने अक्सफाेर्डकाे दावि गलतः डा. पाण्डे

काठमाडाैं । अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुन्छ भन्ने निष्कर्ष गलत रहेकाे जनस्वास्थ्य विद् डा. रवीन्द्र पाण्डेले बताएका छन् ।

अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुन्छ भन्ने निष्कर्ष सार्वजनिक गरेकाे थियाे ।

अक्सफाेर्डकाे उक्त निष्कर्षले जनमानसमामा त्रास उत्पन्न भएको छ । डा. रवीन्द्रले उक्त अनुमान शतप्रतिशत गलत रहेकाे समेत दावि गरेका छन् ।

‘एउटा अध्येताको नाताले म दावी गर्दछु कि -त्यो अनुमान १०० प्रतिशि गलत हो । उक्त अध्ययनमा प्रकाशित संक्रमित एबम मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।’ उनले भनेका छन् । अक्सफाेर्डकाे निष्कर्षमा उल्लेख गरेजस्ताे जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सहि नभएकाे डा. पाण्डेकाे भनाइ छ ।

उनले महामारीको समय यी र यस्ता अनेकौं हल्ना र भ्रम आइरहेकाे बताउँदै कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्न जनसमुदायमा अनुरोध पनि गरेका छन् ।

याे हाे, अक्सफाेर्डकाे रिसर्च

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *