समाज लघुवित्तको आइपीओ बाडफाँट सोमबार साँझ मात्रै, ८ हजार ७० जनाले मात्रै पाउने

काठमाडौं । समाज लघुवित्तको आइपीओ सोमबार साँझ मात्रै बाडफाँट हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले सोमबार साँझ मात्रै बाडफाँट हुने बताए । कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म ८६ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

कुल आवेदकमध्ये ८ हजार ७० जना लगानीकर्ताले गोलाप्रथाबाट १०\१० कित्ता सेयर पाउने छन् । बाँकी ५ लाख ५८ हजार ४ सय ३ जना आवेदकको हात खाली हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७ सय कित्ता शेयर निष्काशन गरेको थियो । सो सेयरका लागि ५ लाख ६६ हजार ४ सय ७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबर आवेदन परेको थियो ।
निष्काशित ८६ हजार कित्ता साधारण शेयरमध्ये १ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *