कामना सेवा विकास बैंकका ग्राहकलाई पि. सि.आर परिक्षणमा १५ प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले पि. सि.आर परिक्षण गर्दा १५ प्रतिशत छुट पाउने भएका छन । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्येनजर गर्दै बैंकका ग्राहकलाई थप सहयोग पुगोस भन्ने मनसायका साथ बैंकले सो सुविधा दिने भएको हो ।

कामना सेवा विकास बैंक लि.ले सूरिया हेल्थ केयर प्रा. लि. संगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पि. सि.आर परिक्षणको सुविधा उपलब्ध गराउने भएको छ ।

बैंक र हेल्थ केयरको सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पि. सि.आर परिक्षण गर्दा १५ प्रतिशत विशेष छुट प्राप्त गर्ने छन् । यस सहमति अनुसार ग्राहक महानुभावहरुले आर्थिक सहुलियत सहित सहज रुपमा कोरोना परिक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ उत्कृष्ट बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *