५ लाख ६७ हजारले पाए रिलायन्स लाइफको आईपीओ

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो ।

५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले कम्पनीको सेयर पाएका छन् । बिक्री प्रबन्धकका अनुसार ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले ५६ लाख ७० हजार कित्ता सेयर हात पारेका छन् ।

आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाको आवेदन परेको थियो । जसमध्ये ५ लाख ८७ हजार ५ सय ९ वटा आवेदन योग्य भएका छन् भने बाँकी एक हजार ९ सय ५५ वटा आवेदन रद्द भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *