सार्क राष्ट्रमा सबैभन्दा बढी सक्रिय संक्रमितको दर नेपालमा

काठमाडौं । कोरोनाका सक्रिय संक्रमितको दर सार्क राष्ट्रका मुलुकमध्ये नेपालमा सबैभन्दा धेरै रहेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको दर ४३ प्रतिशत छ ।

यो संख्या अन्य सात वटा सार्क सदस्य राष्ट्रमध्ये सबैभन्दा धेरै हो । ११ भदौसम्म नेपालमा कोरोनाबाट ३५५२९ जना संक्रमित भएका छन् । यीमध्ये ४३ प्रतिशत अर्थात १५२७३ सक्रिय संक्रमित छन् भने ५६.५ प्रतिशत अर्थात २००७३ निको भइसकेका छन् । कुल संक्रमितमध्ये ०.५ प्रतिशत अर्थात १८३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

एक साता अघिको तथ्याङ्क अनुसार सार्क राष्ट्रमा नेपालपछि धेरै कोरोनाका कुल संक्रमितमध्ये सक्रिय संक्रमित दर बांग्लादेशमा ३९.६ र निको भएका व्यक्तिको संख्या ५९ प्रतिशत छ । यसपछि यो दर माल्दिभ्समा ३८.२, भुटानमा २९.४, भारतमा २३.८, अफगानिस्थानमा २३.२, श्रीलंकामा ४.९ र पाकिस्तानमा ४ प्रतिशत छ ।

                            नेपालमा कोरोना सम्बन्धि ११ भदौंसम्मको तथ्याङ्क : स्रोत, स्वास्थ्य मन्त्रालय

२० साउनसम्मको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा कोरोनाबाट निको हुने दर ७१.५ थियो तर, ११ भदौसम्म निको हुने दर ५६.५ प्रतिशतमा झरेको छ । र सार्क राष्ट्रका अन्य मुलुक भन्दा नेपाल संक्रमित निको हुनेमा पछाडि परेको छ । यसरी हेर्दा संक्रमित धेरै निको हुनेमा भने पाकिस्तान अगाडि छ, त्यहाँ ९५.५ प्रतिशत संक्रमित निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *