चितवनमा थपिए २५ संक्रमित, रत्ननगरमा अहिलेसम्मकै सर्वाधिक पुष्टि !

चितवन । चितवनको रत्ननगरमा अहिलेसम्मकै सर्बाधिक संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा रत्ननगरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु वडा ४,९ र १२ नम्बरका हुन् । उनीनिहरु क्वारेन्टाइनमा रहेका थिए । रत्ननगरमा यतिको संख्यामा संक्रमित पुष्टि भएको पहिलो हो । रत्ननगरको १४ जनासहित चितवनमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन् ।

जिल्लाको माडी नगरपालिकामा ९ जना, भरतपुर महानगरपालिकामा २ जना र तनहुँको देवघाटका १ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । बुधबार १५९ वटा नमुना परीक्षण गरिएकोमा १३३ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । यसअघि मंगलबारराती मात्रै चितवनमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =