काभ्रेका डिएसपी थापा भए ‘पुलिस अफ द मन्थ’

काठमाडौं । काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । जिल्लामा साउन १५ गते घटेको एउटा हत्याकाण्डको सुक्ष्म अध्ययन अनुसन्धान गरी हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको भन्दै थापालाई ‘पुलिस अफ द मन्थ’ घोषित गरीएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक थापाको अनुसन्धान टोलीले गत साउन १५ गते जिल्लाको धुलिखेल ११ आरुबोट कैदीटोल बस्ने वर्ष ५४ को कामीसिंह तामाङको विभत्स हत्याको सुक्ष्म अनुसन्धान गर्दा सोहि नगरपालिका ११ बस्ने वर्ष २३ को रुपेन्द्रमान लामा र संजिव मैनालीको संलग्नता रहेको ठहर गर्दै उनीहरुलाई विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्न सफल भएका थिए ।

थापाको अनुसन्धान टोलीले घटनाको सुक्ष्म अध्ययन अनुसन्धान गरेर हत्यामा संलग्न दुईलाई सोहि दिन पक्राउ गर्न सफल भएको थियो ।

काभ्रे प्रहरीलाई जनताको प्रहरी बनाउन र समुदाय स्तरमा घट्ने अपराधिक कृयाकलाप नियन्त्रण गर्न गराउन प्रहरी नायव उपरीक्षक थापाले महत्वपूर्ण योगदान दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =