कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित एकैदिन ८ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ महिला र ५ पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीय महिला, काठमाडौंकी एक ४८ वर्षीया महिला, रुपन्देहीका एक ६७ वर्षीय महिला र रुपन्देहीकै ३८ वर्षीय, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।

योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =