अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त पक्राउ

सुनसरी । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त ८ वर्ष पछि पक्राउ परेका छन् ।

सुनसरीको साविक नरसिंह घर भएका अन्दाजी ४२ वर्षीय विदुर यादव कोशी कटान क्षेत्रबाट गएराती पक्राउ परेका हुन् ।

फरार रहेका यादव केहि वर्षयता परिवारसहित दाङ जिल्ला बस्दै आएको खुलेको छ । दाङबाट घर फर्किएको भन्ने सुचना प्रहरीले सोही जिल्लाको सुराकीबाट प्राप्त गरेको जनाएको छ । सोही आधारमा उनको खोजीमा खटिएको आइपीएस अफिसर विष्णु बस्नेत नेतृत्वको टोलीले यादवलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरी प्रमुख कमल थापाले अपहरण मुद्दामा फरार रहँदै आएका यादवलाई पक्राउ गरिएको पुष्टि गरे ।
प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा यादवविरुद्ध अदालतले ११ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो । सुनसरी जिल्ला अदालतले ९ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेकोमा पुनरावेदन परी त्यहाँबाट थप २ वर्ष सजाय थप भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =