चितवनका १४ सहित थप २० जनामा कोरोना पुष्टि
२०७७ भदौ ८ गते

सांकेतिक तस्वीर। मकालु खबर।
चितवन । चितवनमा पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमण देखिरहेको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा चितवन बाहेक अन्य जिल्लाका ६ जनामा पनि कोरोना पुष्टि भएको छ । चितवनको भरतपुरका १३ र खैरहनिका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक-एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।
चितवन मेडिकल कलेज स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन् । आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो । यसअघि आइतबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको दुई चरणको परीक्षणमागरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२०७७ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित









