शेयर बजार दोहोरो अंकले वृद्धि, एक अर्ब माथिको कारोबार

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.७७ अंकले उकालो लागेर १४१०.३४ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.९१ प्रतिशतले बढी हो ।

दोहोरो अंकले बढेको बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । एक सय ८४ कम्पनीको कारोबार सो दिन २४ लाख ९८ हजार ६ सय ६२ कित्ता सेयर कूल एक अर्ब १० करोड रुपैयाँ बराबरमा किनबेच भएको हो ।

कारोबारमा आएका तीन समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २३३ अंकले बढेको छ । ट्रेडिङ्ग, हाइड्रो र म्युचअल फण्ड सामान्य अंकले ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *