सुनचाँदीको मूल्य घट्यो, यस्तो छ बजार भाउ
२०७७ भदौ ७ गते

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपियाँ निर्धारण गरिएको छ ।
२०७७ भदौ ७ गते
प्रतिक्रिया









