चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड-१९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा चितवनका १० सहित १३ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन भरतपुरका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन् । यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज र राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

चितवनमा शनिबारनै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भरतपुर कोभिड प्रयोगशालामा २० जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा ४ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =