आज ६३४ जना नयाँ कोरोना संक्रमित थपिए, राजधानीमा मात्रै २१६

 

काठमाडौं । आज देशभर ६३४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । देशका विभिन्न स्थानका प्रयोगशालाका रिपोर्ट अनुसार आज ६३४ नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका अनुसार आज भेटिएका थप संक्रमितको संख्या सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय १७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज राजधानीमा मात्र २१६ जना कोरोना पोजेटिभ भेटिएका छन् । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घन्टामा १२४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

आज १२ हजार ५ सय १९ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण भएको छ । १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टाइनमा ११ हजार ६ सय ५८ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । आजसम्म १४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seventeen =