चितवनमा एक साता निषेधाज्ञा लम्बियो
२०७७ भदौ ५ गते

प्रशासनद्वारा जारी सूचना। ध्रुवराज खनाल, मकालु खबर।
काठमाडौं । चितवनमा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लाभर भदौ १२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको हो ।
चितवनको सबै सातवटै पालिकामा निषेधाज्ञा थप गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
जिल्लाको माडी नगरपालिका बाहेक ६ पालिकामा निषेधाज्ञा जारी गरिएको थियो । तर यस पटक माडी नगरपालिकालाई समेत समेटेर निषेधाज्ञा जारी गरिएको सहायक प्रजिस शर्माले बताए ।
अत्यावश्यक सामान खरिदका लागि निश्चित समय साबिक जस्तै तोकिएको छ ।
२०७७ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








