आईएमई लाइफको सीईओमा कवि फुयाल नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त भएका छन् ।
सञ्चालक समितिको भदौ ३ गते बसेकोे बैठकले फुयाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत थिए । फुयाललाई जीवन बीमामा राम्रो अनुभव, दृढ इच्छाशक्ति र प्रभावशाली व्यक्तिको रुपमा उनलाई कम्पनीले लिएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । आगामी चालु आर्थिक वर्षमा ३ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *