आज देखि खुलेका रिलायन्स लाइफ र समाज लघुवित्तको आइपीओ कति भर्ने ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र समाज लघुवित्तको आइपीओ खुलेको हो । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको आइपीओमा आवेदन खुलेको छ । भने समाज लघुवित्त वित्तिय संस्थाले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन भएको छ ।

लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशित सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

रिलायन्सको आइपीओ बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । मेरो शेयरबाट र सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग पाएको थियो । सर्वसाधारणले यस आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि धिकतम ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

समाज लघुवित्तको १ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र सामूहिक लगानी कोषका लागि ४ हजार ३०० कित्ता शेयर छुट्याएको छ । सर्वसाधारणले लागि भने बाँकी ८० हजार ७०० कित्ता छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा भदौ ८ गते निष्काशन बन्द हुनेछ । समाज लघुवित्तको आइपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई प्रबन्धक नियुक्त गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *