सुनसरी काेराेना अपडेटः एक जनाकाे मृत्यु, संक्रमित संख्या ३७२

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । सुनसरीको धरानमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पहिलाे पटक एक जनाकाे मृत्यु भएकाे छ ।

धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान १५ दशरथ पथकी ७१ वर्षीया कोरोना संक्रमित वृद्धा महिलाको मृत्यु भएकाे धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार ती महिलाको आज बिहान सवा ११ बजे मृत्यु भएको हो । मृतकको छोरी र नाति पनि कोरोना संक्रमित भएर प्रतिष्ठानमा उपचाररत रहेका वीपी प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै सुनसरीमा आज बिहान अहिले सम्मकै धेरै ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुनसरीको हरिनगरका १३ जना पुरुष, इटहरी उपमहानगरपालिकाको ४ जना पुरुष, दुहबी नगरपालिकाको ३ जना महिला ८ जना पुरुष सहित ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

यसैगरी रामधुनी नगरपालिकामा २ जना पुरुष र बर्जु गाउँपालिकामा १ जना महिला ४ जना पुरुष गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिए ।

योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ७२ पुगेको छ । आज बुधबार संक्रमित पुष्टि भएका अधिकांश समुदायस्तरकै व्यक्तिहरू रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =