निर्वाचन आयोगद्वारा नेकपा एमाले दर्ता गर्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले (नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी)दर्ता गर्ने निर्णय गरेको छ ।

गत असारमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको दल नेकपा एमाले दर्ता गर्ने निर्णय आयोगले गरेको हो ।

सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित गर्ने लगायतका काम सम्पन्न गरेपछि आज आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

दल दर्ता भएपछि आयोगले पार्टीलाई प्रमाण पत्र दिनेछ । साथै, सर्वसाधारणको जानकारीका लागि राजपत्रका प्रकाशित पनि गर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *