कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ, १४ थान माेबाइलसहित ३ लाख बढी नगद बरामद
२०७७ भदौ ३ गते

सिरहा । प्रहरीले काैडा खेलिरहेकाे अवस्थामा १२ जनालाई पक्राउ गरेकाे छ ।
धनगढीमाई नगरपालिका-१३ भालुटारबाट कौडा खेलिरहको अवस्थामा लहान नगरपालिका-११ बस्ने ५५ वर्षीया विजय कुमार महतो समेत १२ जनालाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
सोही ठाउँ बस्ने ३० वर्षीय मदन बहादुर राईको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय गोलबजार र ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १६ थान कौडा, ३ लाख ६३ हजार ६ सय ४० नेपाली रुपैयाँ, ४ हजार ८ सय १० भारतीय रुपैयाँ, १४ थान मोबाइल, ४ लाख ४८ हजार ३ सय ७३ रुपैयाँको हस्ताक्षर गरेको बैंक चेक समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७७ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित








