घिमिरेको पार्थिव शरीरमा ओढाइयाे राष्ट्रिय झण्डा, आजै अन्त्येष्टि गरिँदै

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइएकाे छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज (बुधबार) अन्त्येष्टि अघि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय ओढाएका हुन् ।बुधबार घिमिरेको निवासमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ १०१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो । उनकाे निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता गगन थापा लगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन् । कलाकारहरुले पनि उनको आत्मशान्तिको कामना गरेका छन् ।

उनकाे आजै राष्ट्रिय सम्मानका साथ सेनाले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =