चितवनका २० सहित थप ३० जनामा कोरोना पुष्टि

चितवन । चितवनका २० सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २०, नवलपुरका ५, महोत्तरी, तनहुँ, मकवानपुर, बाँके र बाराका १-१ जना गरी थप ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

खैरहनी नगरपालिकामा मृत्युपछि कोरोना पुष्टि भएकी वृद्धाका आफन्त तथा छिमेकी ४ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । कन्ट्याक्ट ट्रेसिङ्का क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । मंगलबार बिहान मृत्यु भएकी १०८ वर्षीया वृद्धामा साँझमात्र कोरोना पोजेटिभ पुष्टि भएको थियो । चारैजना होम क्वारेन्टिनमा छन् ।

प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीकाअनुसार कोरोना पुष्टि हुनेहरु ९ वर्ष देखि १०८ वर्षसम्मका छन् । भरतपुर महानगरपालिका भित्रका ५ महिला र ७ जना पुरुषगरी १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । उनीहरुले भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका थिए ।

त्यस्तै राप्ती ४ र ५ का दुईजनामा संक्रमण देखिएको छ । उनीहरुको स्वाब भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतलबाट पठाइएको हो । नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एकएक जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै भरतपुरकै विभिन्न अस्पतालका कर्मचारी तथा बिरामीहरु हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *