राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज (मंगलबार) साँझ निधन भएको छ । साँझ ५ः५५ मा उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा उनकाे निधन भएको हाे ।

माधवप्रसाद घिमिरेको जन्म १९७६ असोज ७ गते भएको थियो । उनी स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर–किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =