तीन देशका लागि राजदूत नियुक्त
२०७७ भदौ २ गते

काठमाडौं । सरकारले विभिन्न तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेको छ ।
सञ्चार एवम् अर्थमन्त्री युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद बैठकले बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूत नियुक्त गरेको जानकारी दिए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाका अनुसार बेल्जियमका लागि गेहेन्द्र भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीको राजदूतमा रामकाजी खड्कालाई नियक्त गरिएको हो ।
२०७७ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








