गृहमन्त्रीको स्कर्टिङमा हिँडेको गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
२०७७ भदौ २ गते

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाकाे स्कर्टिङमा हिँडेकाे गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
मंगलबार सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्रीकाे स्कर्टिङमा हिँडेको नेपाल प्रहरीको बा१झ ५५९४ नम्बरको जीपले स्कुटरलाई ठक्कर दिँदा बा९४ प १०२५ स्कुटरमा नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएका हुन् ।
अहिले घाइते दुवैकाे वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार चलिरहेकाे महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । ठक्कर दिने जीपलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
२०७७ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








