चौधरी फाउण्डेसनद्वारा प्रदेश सरकारलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका वरिष्ठ प्रबन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै सम्भव नभएकाले सबैको सहकार्य आवश्यक रहेको बताए । सबैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भइरहेको बताएका छन् । उनले भने, ‘संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको छ र लक्षित समूहको परीक्षण गर्नेगरि प्राथमिकता निर्धारण गरिएको छ ।’

चौधरी फाउण्डेसनले देशभरी ८ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना बनाएकाे प्रबन्धक कटुवालले जानकारी दिए । उनले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत कोशी कोभिडलाई उपलब्ध गराइएको बताए । फाउण्डेसनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि एउटा पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =