कांग्रेस नवलपरासीका उपसभापति गिरीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । नेपाली कांग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट निधन भएको छ । संक्रमण पुष्टि भएका उपसभापति गिरीको आज बिहान उपचारका क्रममा ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।

मृतक गिरी नवलपरासी सुस्ता पश्चिम रामग्राम नगरपालिका-२ निवासी हुन् । बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा ल्याइएका गिरीको भेन्टिलेटर उपचार भइरहेको थियो । गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान उनकाे मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले मकालु खबरलाई जानकारी दिए ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *