चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ४६ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा राप्ती नगरपालिकास्थित सशस्त्रको बागमती प्रदेश कार्यालयका २ महिलासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि सशस्त्रका ६ जना पुष्टि भइसकेको थियो । चितवनकै भरतपुर महानगरपालिकामा पनि ४ जना संक्रमित थपिएका छन् । महानगरपालिकाको वडा नम्बर ५,७ ,८ ,१० निवासी ४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४६ जना र हेटौडांको १ जना, बाराको २ जना र गोरखाको १ जना पनि संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *