प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा भण्डारी

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको हो ।

भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन । काउन्सिलमा अध्यक्ष नभएपछि काउन्सिलकै सदस्य किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकिएको थियो । उनी लामो समयदेखि काउन्सिलको कार्यबाहक अध्यक्षमा रहेका थिए ।

अहिले सरकारले श्रेष्ठलाई दिएको जिम्मेवारी भण्डारीलाई दिएको हो । श्रेष्ठ काउन्सिलको सदस्य कायम रहेका छन् । सरकारले काउन्सिलको नियमावलीसमेत परिवर्तन गरी नयाँ कार्यवाहक अध्यक्ष तोकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *