एसईईको नतिजा सार्वजनिक

काठमाडौं । एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाफल प्रमाणित गरी सार्वजनिक गरेको हो ।

बोर्डका एक सदस्यले आज बसेको बैठकले परीक्षाफल प्रकाशित भएको जानकारी दिएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

२०७६को परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि सम्बन्धित विद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गरिएकाे हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *