खाद्यान्न किन्न जाँदा सवारी साधन प्रयोग गर्दै हुनुहुन्छ ? प्रहरीले समाउला नि !

चितवन । चितवनमा निषेधाज्ञा लागु भएको क्षेत्रमा अत्यावश्यक सामाग्री खरिद गर्न जाँदा सवारीसाधन प्रयोग गर्न निषेध गरिएको छ । निषेधाज्ञा लागु भएतापनि अत्यावश्यक सामाग्री खरिद गर्नको लागि बिहान ५ देखि ८ र बेलुका ५ देखि ८ बजेसम्मको समय तोकिएको छ ।

अत्यावश्यक सामाग्री खरिद गर्न जाँदा सवारी साधन प्रयाेग गरेको पाइएपछि प्रशासनले सवारी साधन प्रयोग नगरि पैदल जानुपर्ने प्रष्ट पार्दै सूचना जारी गरेको छ । अत्यावश्यक सामाग्री खरिद गर्ने समयमा सवारीसाधन प्रयोग गर्न पाउने भ्रम सर्वसाधारणमा भएकोले सूचना नै जारी गरेर प्रष्ट पारिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

सवारीसाधन प्रयोग नगरी अतिआवश्यक खाद्यान्न लगायतको सामाग्री खरिदको लागि मात्रै नजिकको पसल जान प्रशासनले आग्रह गरेको छ । सवारीसाधन प्रयोग गर्नेहरुलाई कारबाही गरिने सिंखडाले प्रष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =