अवैध ३ लाख बढी नगद र लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं । विभिन्न ठाउँबाट प्रहरीले अवैध नेपाली नगद र लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ बस्ने अशोक लामा रुम्बालाई २ केजी ५ सय ग्राम लागूऔषध पोल्याण्डसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रुम्बालाई उनकै घरमा २ वटा बोतलमा उक्त परिमाणको लागूऔषध राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै छिपहरमाई गाउँपालिका-२ चरगाहाबाट स्रोत नखुलेको ३ लाख ८ सय ५० नेपाली रुपैयाँ सहित सोही गाउँपालिका टिउकी बस्ने ३५ वर्षीय सतेन्द्र साह कानुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी टिउकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको ना.६५ प १७८१ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक कानुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =