भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवन । भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टलगायत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा हालका लागि बन्द गरिएको हो ।

अस्पताल प्रशासनले आइतबार विज्ञप्ति जारी गर्दै साँझ अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवाहरू बन्द गरिएको जनाएको छ ।

अस्पतालले जनरल ओपीडी सेवा बन्द गरी एकीकृत आकस्मिक सेवा मार्फत बिरामीको उपचार गरिने जनाएको छ ।

यस्तै सघन कक्ष (आइसीयू) र प्रसूति गृह (मातृ शिशु सेवा) मा पनि नयाँ सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *