कोरोना सङ्क्रमित बिरामीका कुरुवा अस्पताल परिसरभित्र नबस्न प्रतिष्ठानको अपिल

 

काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्रतिष्ठानमा भर्ना भएका कोरोना सङ्क्रमितका बिरामीका कुरुवा वा आफन्तलाई कोभिड १९ अस्पताल परिसरभित्र नबसी दिन आग्रह गरेको छ ।

बिरामी सँगै आएका कुरुवा तथा आफन्तहरूले अस्पताल परिसर भित्र बस्दा कोरोना सङ्क्रमणको जोखिम समुदाय स्तरसम्म फैलिने हुँदा बिरामीलाई अस्पताल भर्ना गरिसकेपछि सबै व्यवस्था अस्पतालले गर्ने जानकारी गराउँदै आवश्यक परेमा मात्रै कुरुवा तथा आफन्तहरूलाई सम्पर्क गरिने अस्पतालका निर्देशक डा. विकास साहले जानकारी दिएका छन् ।

साथै आफन्तहरूलाई घरमा अथवा नजिकैको क्वारेन्टिन तथा सुरक्षित स्थानमा बसेर समुदायमा कोरोना फैलिनबाट जोगाउनमा सहयोग गर्न अपिल गरेको छ ।

यस्तै सङ्क्रमण नभएका व्यक्तिहरूलाई सङ्क्रमित बिरामीसँग नआइदिन पनि अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =