‘जोन्टा इन्टरनेशनल योङ्ग वुमन इन पब्लिक अफेयर्स अवार्ड’ दीपिशा भुजेललाई

 

काठमाडौँ । जोन्टा इन्टरनेशनल योङ्ग वुमन इन पब्लिक अफेयर्स अवार्ड रसुवाकी दीपिशा भुजेलले प्राप्त गरेकी छिन् । भुजेल ३२ जनामध्ये र्शीष १० जोन्टा इन्टरनेशनल योङ्ग वुमन इन् पब्लिक अफेर्यस २०२० बाट सम्मानित भएकी हुन् ।

जोन्टा क्लब अफ काठमाडौँ, डिस्ट्रिक्ट २५, एरिया २ ले छनौट गरेर पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो । उनी जोन्टा डिस्ट्रिक्टको ३२ जना पुरस्कार प्राप्तकर्ता मध्येकी एक हुन् जसले १५०० अमेरिकी डलर प्राप्त गर्नेछिन् । छनौट गरिएको ३२ जना मध्ये, उनी शीर्ष १० जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स २०२० बाट सम्मानित भएकी हुन् र ५००० अमेरिकी डलर पुरस्कार पाउनेछिन् । समग्रमा उनले कुल ६५०० अमेरिकी डलर प्राप्त गर्नेछिन् ।

यंग वुमन इन पब्लिक अफेयर्स अवार्डका लागि १६ वर्षदेखि १९ वर्षसम्मका युवा महिलाहरू सहभागी हुन पाउने छ । जसमा उनीहरूको स्वयंसेवी क्षेत्रतर्फ प्रतिबद्धता र महिला सशक्तीकरणप्रति समर्पणलाई मान्यता दिएर सार्वजनिक मामिलामा सहभागी हुन प्रत्सोहान गर्ने उक्त अवार्डको लक्ष रहेको छ ।

आवेदकहरूलाई उनीहरूको स्कुल र समुदायप्रति स्वैच्छिक प्रतिबद्धताको साथै देश र विश्वव्यापी महिला सशक्तीकरणका सीमित समस्याहरूलाई प्रतिबिम्बित गर्न भनिएको थियो । जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमले आजका युवा महिलाहरूलाई भोलिका नेताको रूपमा हेर्दछ ।

के गरिन् दीपिशा भुजेलले
भुजेलले १४ वर्षको उमेरमा क्यानेडियन रेडक्रस इमर्जेन्सी रेस्पोन्स युनिट (ईआरयू) मा अनुवादको रूपमा काम गर्न शुरु गरेकी हुन् । उनी सन् २०१५ को भूकम्प र ईआरयूको साथमा अस्पताल र स्वास्थ्य शिविरमा पनि काम गरिरहेकी थिइन् । उनले त्यति बेला खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्ने उनको भावनालाई बुझिन् जतिबेला उनका उमेरका मानिसहरू आफ्नो घरबाट बाहिर निस्कन समेत डराउँथे ।

उनले आफ्नो स्कुलमा जुनियर रेडक्रस सर्कलको उपाध्यक्षमा काम गरिन् । जागृति बाल तथा युवा सरोकार नेपाल नामक एक गैर—सरकारी संस्थामा काम गरेकी थिइन् । उनले युवा महिलाहरूलाई महिनावारी सम्बन्धी आफ्ना कथाहरू सुनाउने अवसर प्रदान गर्न अनलाइन प्लेटफर्म शुरु गरिन् । जसले यसमा संलग्न समस्याहरू उन्मुलन गर्न सहयोग गर्‍यो ।

हाल उनी नेपाल्स इभी नामक एक जर्मन अन्तर्राष्ट्रिय एक गैर—सरकारी संस्थामा शैक्षिक प्रोजेक्टमा कार्यरत छिन । यसले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई स्वास्थ्य समस्याका बारेमा शिक्षित गर्दछ । उनी बायोडिग्रेडेबल प्याड निर्माणमा संलग्न छिन् । उक्त परियोजनाको सबैभन्दा कान्छी सदस्य हुन् । उनी मनोविज्ञान र अंगे्रजी साहित्यमा स्नातक गरिरहेकी छन् । यसका साथै उनी जर्मन पढिरहेकी छन् । जर्मन भाषा अनुवादकको रूपमा काम गरिरहेकी छन् । उनको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर हुने गतिविधिका साथ सीपमूलक तालिम प्रदान गर्ने रहेको छ । पुरुष केन्द्रित समाजमा महिलाहरूले आफ्ना लागि आफै बोल्न सिक्नुपर्छ र निर्णय गर्न सक्नुपर्छ भन्ने दृढ विश्वास उनको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =