कीर्तिपुरकाे बल्खु खोलामा पुरुषको शव फेला
२०७७ साउन ३२ गते

काठमाडौं । नैकाप, तीनथाना जाने झोलुङ्गे पुलमुनि एक पुरूषकाे शव भेटिएकाे छ ।
कीर्तिपुर नगरपालिका वडा नम्बर २ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ नैकाप तीनथाना जाने झोलुङ्गे पुलमुनि पुरूषकाे शव भेटिएकाे हाे ।
अन्दाजी ४०–५० वर्षका ती मृतककाे शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनकाे सनाखत हुन सकेकाे छैन ।
शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सनाखत हुन नसकेपछि प्रहरीले मृतककाे तस्विर समेत सार्वजनिक गरेकाे छ । शवकाे पहिचान भएमा नजिकैकाे प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
२०७७ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








