धरान प्रहरीले समात्याे होलसेल व्यापारीको दुई ट्रक तरकारी

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा धरानमा साउन २२ गतेदेखि लकडाउन गरिएकाे छ ।  लकडाउनलाई कडा गर्दै धरान बाहिरबाट दुध, तरकारी लगायतका खाद्यान्न समेत ल्याउन दिइएको छैन ।

केही व्यापारीले भने अटेर गरेकाे पाइएकाे छ । धरान १३ कृषि बजारस्थित रहेका व्यापारी शिवचन्द्र चौधरीले भारतबाट नै तरकारी आयात गरिरहेको पाइएपछि तरकारीको ट्रक नगर प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

बाहिरबाट तरकारी ल्याउन रोक लगाउनुका साथै कृषि बजार पनि पुर्णरुपमा बन्द गरिएको अवस्थामा भारतीय नम्बर प्लेटको भारतीय चालक, मजदुर भएको गाडीमा तरकारी आयात गरेकाे पाइएपछि प्रहरीले नियन्त्रणमा लिएकाे हाे । व्यवसायी चौधरीले धरान १५ भानुमार्गस्थित घरबाट नै लुकीछिपी तरकारीको कारोबार गर्ने गरेको बताइएकाे छ ।

धरान नगर प्रहरी प्रमुख बिष्णु कोईरालाका अनुसार पछिल्लो समय चाैधरीले भारतबाट ल्याएकाे २ ट्रक आलु ट्रकसहित तीनकुने चेकपोष्टमा ३ दिनदेखि रोकेर राखिएको छ ।

यसैबीच धरानका उपभोक्तालाई सहज रुपमा तरकारी उपलब्ध गराउन र बजार अनुगमन गर्नका लागि एक अनुगमन समिति गठन गरिएको छ । तरकारीलाई सहज रुपमा विरतण गर्न अनुगमन समिति गठन गरिएकाे हो ।

उपमेयर मञ्जु भण्डारी सुवेदीकाे संयोजकत्वमा बनेकाे समितिमा वडा नं १३ का अध्यक्ष नेत्र काफले, उपभोक्ता मञ्चको तर्फबाट अनिल श्रेष्ठ, कृषि बजार स्थलका अध्यक्ष पर्शुराम कटवाल, बजार अनुगमन शाखाका अधिकृत, धरान ३ स्थित पालिका बजारका राजेन्द्र दर्नाल र सुनसरी उद्योग वाणिज्य संघ सदस्य रहेका छन् । समितिले तरकारीको सहज आपूर्ति भए/नभएको अनुगमन गर्नेछ भने तरकारी तथा फलफुलको मूल्य, दररेटमा एकरुपता भए /नभएको पनि अनुगमन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =